काठमाडौं– नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउने हालसम्मको सहमतिमा देखिएको हो।
एमालेबाट ८ जना मन्त्री सरकारमा सहभागी हुनेछन्। पदम गिरी यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिएका छन् भने अन्य पाँच जनाको नाम केपी शर्मा ओलीले तय गर्दै छन्।
अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेलसहित अहिले कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेकाले अन्य मन्त्रीको नाम तय हुन नसकेको हो। उनी फर्किए लगत्तै नाम पठाएर शपथ हुन सक्ने देखिन्छ।
मन्त्री हुने खबरपछि महासेठ जनकपुरबाट काठमाडौं आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।