काठमाडौं– नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ।
जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयमा पठाउने भएको छ। गृहमन्त्री रहेका उनलाई परराष्ट्र पठाइने भएको हो।
गृहमा भने उपप्रधानसहित रास्वपा सभापति रवि लामिछाने आउने भएपछि श्रेष्ठलाई परराष्ट्रमा पठाउने निर्णय भएको हो।
यस्तै माओवादीले अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाउने भएको छ। यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।