काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको नेदरल्यान्ड्ससँगको फाइनल खेलमा नेपालको चौथो विकेट पतन भएको छ।
नेपालले चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। जम्मा तीन बलको सामना गरेका उनले एक रन मात्र जोडे। यसअघि तेस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। पेविलियन फर्किनुअघि शेखले ४७ रन जोडे।
यसअघि ३ दशमलव ३ ओभरमा ओपनर कुशल भुर्तेल २० रन बनाएर बाहिरिएका थिए भने दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल २५ रन जोड्दै आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।