काठमाडौं– नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका-१ बरुवमा रहेको एक अवैध गोदाममा छापा मारेर सशस्त्र प्रहरिले ठूलो मात्रामा चिनी र केराउ बरामद गरेको छ।
सोमबार साँझबाट छापा मार्न सुरु गरिएकोमा करिब २ हजार बोरा चिनी र केराउ बरामद भएको हो। भारतबाट अबैध रुपमा सानो सानो परिमाणमा ल्याइ गोदाम गरिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नबलपरासिबाट सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमान्डमा गएको ६० जना भन्दा बढीको फौजले उक्त गोदाममा छापा मारेको हो।
२ सय बोराभन्दा बढी चिनी र १ हजार ७ सय बोराभन्दा बढि केराउ फेला परेको छ। स्थानिय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडी करिब ५० फिट लम्बाइ र ३० फिट चौडाइको टिनको गोदाममा लुकाइराखेको अबास्थामा चिनी र केराउ बरामद भएको हो सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सो गोदाम अर्यालले भाडामा लगाएको भने पनि भाडामा लिने व्यक्तिको पहिचान हुन सकेको छैन। ती खाध्य सामाग्री ३० र ५० किलोको बोरामा रहेको छ। बोरा ओसार्नको लागि १० वटा भन्दा बढी ट्रक प्रयोग गरिएको छ। सो ठाउँमा अबैध भन्डारण गरि नक्कली कागजपत्र बनाएर देशका अन्य ठाउँमा सप्लाइ गर्ने गरेको बुझिएको छ।
करिब ४५ लाख मूल्य भन्दा बढिको अनुमान गरिएको चिनी र केराउ आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ। अहिले भन्सार प्रतिनिधि पनि सो गोदाममा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।