काठमाडौं– मोटरसाइकल ग्यारेज (वर्कसप)मा जुवातास खेलेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा घर भइ पोखराको न्यूरोड बस्ने ४१ वर्षीय रमेश साह, भारत बिहार घर भइ पोखरा नयाँबजार बस्दै आएका ३५ वर्षीय उपेन्द्र चौधरी, भारत बिहार नै घर भइ पोखराको जरेबर बस्ने २५ वर्षीय कुमेश साह, भारत बिहार घर भइ पोखरा न्यूरोड बस्ने ३४ वर्षीय राकेश शर्मा, सप्तरी घर भइ पोखरा बगर बस्ने २६ वर्षीय सुजित चौधरी र मोरङ घर भइ पोखरा चाउथे बस्ने ४३ वर्षीय गोपाल बस्नेत छन्।
पोखराको सभागृहचोकस्थित वर्कसपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबाट ६ बुक तास र १ लाख ३९ हजार ४५० रुपैयाँ बरामद भएको छ।
पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।