• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विपश्यना ध्यान गरेका बन्दीलाई गृहमन्त्रीको सुझाव– जीवन परिवर्तनको ‘गहना’लाई अनुकरण गरिरहनुहोला

64x64
रासस शनिबार, फागुन १९, २०८०  १७:५७
1140x725

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पुर्‍याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिएका छन्। 

लतिलपुरको नक्खु कारागारमा नेपाल विपश्यना केन्द्रद्वारा सञ्चालित १० दिने ध्यान शिविरको आज समापनका अवसरमा उहाँले हरेक दिन विपश्याना ध्यानको अभ्यासमा लाग्न कैदीबन्दीलाई अनुरोध गरे। 

‘ध्यानले तपाईंहरुलाई कारागार छाडेपछि असल जीवनयापन गर्न सहयोग पुर्‍याउँछ, हिजो के भयो त्यो बिर्सनुस्, अब समाजमा फर्कदा यहाँहरु अरुभन्दा असल हुनुहुन्छ’, ध्यानले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भजे, ‘असल नागरिक बन्ने प्रक्रियामा ध्यान अभ्यासले धेरै नै सहयोग पुर्‍याउने छ, तपाईंहरु त्यसतर्फ अघि बढ्नुहोला।’

ध्यानमार्फत् आफूलाई हेर्ने, चिन्ने र फेर्ने प्रक्रियाको विधिद्वारा सुसज्जित गर्न सकियो भने सिङ्गो समाजलाई नै परिवर्तन गर्न सकिने उनको भनाइ थियो। ‘यहाँहरुले जीवन परिवर्तनको गहना प्राप्त गर्नुभएको छ, त्यसलाई सदैव अनुकरण गरिरहनुहोला’, उनले भने।

सरकार कैदीबन्दीको कारागार जीवन सहज बनाउन, श्रमको सदुपयोग हुने स्थिति बनाउन तथा मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन क्रियाशील रहेको उल्लेख गर्दै उनले कैदीबन्दीलाई रुपान्तरण गर्ने, जीवन फेर्ने अभियान चलाउन खोजिएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘जेलभित्र पनि ध्यान शिविर चलाउने त्यसकै कदम हो, सबै बन्दीलाई ध्यान विधिद्वारा जीवन रुपान्तरण गराउन लागिएको छ’, उनले भने। ध्यान कार्यक्रममा सुरुआतको अनुभव समापनसम्ममा सुखद्मा परिणत हुने सुनाउँदै उनले एकपटकको ध्यानले मात्र जीवन रुपान्तरण नहुने बताए। 

‘शिविरले विधि सिकाएको छ, अब आफैँले अभ्यास गर्नुपर्छ’, उनले भने, ‘गृह मन्त्रालयले मातहतका सबै निकायमा छोटो अवधिको ध्यान अभ्यासलाई अघि बढाएको छ।’ कारागारमा पर्याप्त समय लिएर चलाइएको विपश्याना ध्यान कार्यक्रमले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब दैनिक यसको अभ्यास गर्न सुझाव दिए।

‘ध्यान आफ्नो जीवन रुपान्तरणका लागि नै गरिने हो, ध्यानले स्वअनुसाशित हुन सिकाउँछ’, उनले भने, ‘बन्दीको जीवनमा रुपान्तरण आउँदा समाज र देशलाई फाइदा हुन्छ, पहिलो फाइदा भने बन्दीलाई नै हुन्छ।’

वर्तमान सरकार मुलुकलाई राजनीतिक परिवर्तन अधिकार प्राप्तिका क्षेत्रमा मात्रै सीमित हुन नदिइ समाज रुपान्तरणमा अघि बढाउन खोजिरहेको बताए। 

‘राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सिङ्गो समाजको रुपान्तरण गर्नुपर्छ भनेर सरकार क्रियाशील छ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनताले नयाँ जीवन पाउनुपर्छ, सरकारको ध्यान यसतर्फ छ।’

उपप्रधानमन्त्री श्रेष्ठले यही फागुन ८ गते नक्खु कारागारमा ध्यानकेन्द्रको उद्घाटन गरेका थिए। विपश्याना ध्यान केन्द्रको लगानीमा उक्त ध्यानकेन्द्र निर्माण गरिएको कारागार कार्यालयका प्रमुख कल्पना घिमिरेले जानकारी दिए। १० दिनसम्म चलेको सो ध्यान शिविरमा तीन सुरक्षाकर्मीसहित ४८ कैदीबन्दीले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न रसुवा, नुवाकोट, धादिङ र गोरखाका बाढी प्रभावित सब... सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी काठमाडौं महानगरपालिका–१२ स्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार, असोज ५, २०८३
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेष... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्