काठमाडौं– जिल्ला अदालत काठमाडौंले दरबारमार्गमा सञ्चालित क्यासिनो प्यालेसका निर्देशक ऋषभ पावासहित ३ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले उनीरहरुलाई पूर्पक्षका लागि थुनामा पठाएको हो।
जिल्ला अदालतले निर्देशक पावा, मार्केटिङ निर्देशक गुलाब सिंह र केज मेनेजर गौरब चोपडालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो। तीनैजना भारतीय नागरिक हुन्।
उनीहरुले अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरिएको थियो। उनीहरुलाई प्रहरीले माघ १८ मा अन्नपूर्ण होटल परिसरमा सञ्चालित क्यासिनोको अण्डरग्राउण्डबाट पक्राउ गरेको थियो।
एटलान्टिक रिक्रियसन प्रालिको नाममा सञ्चालित ‘क्यासिनो प्यालेस’को भूमिगत तलामा उनीहरुले ‘अनलाइन जुवा’ सञ्चालन गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
उनीहरुविरुद्ध प्रहरीले राष्ट्र बैंक ऐन–२०५८ र अनलाइन जुवा खेलाएको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझएको थियो। क्यासिनो प्यालेसको अण्डर ग्राउण्ड र ललितपुरस्थित ऋषभ बस्दै आएको हाउजिङबाट प्रहरीले ठुलो परिमाणमा अमेरिकी डलरसहित १३ देशको मुद्रा बरामद गरेको थियो।
१ करोड ८ लाख ९ हजार ४४५ रुपैयाँ विदेशी मुद्रा र नेपाली नगद बरामद गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।