काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति पाउन नसक्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन्।
मन्त्री गुरुङले कसुरजन्य सम्पत्ति कमाएको हकमा अथवा अपराध गरेर सम्पत्ति कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि सरकार नछोड्ने बताए। उनले अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पतीको भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले सो विधेयक ल्याएको बताए।
मन्त्री गुरुङले स्रोत नखुलेको सम्पत्ति थाँती राख्न नमिल्ने भएकाले सरकारले त्यसलाई पनि अनुसन्धान गर्न कडा कानुनी व्यवस्था गर्न लागेको बताए। बैठकमा सांसदहरुले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी सरकारले विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।