काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरिरहेको बताएकी छन्।
उपप्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले, स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राखिन्।
उनको कार्यकक्षमा महानगरपालिकाका न्यायिक सिकाइका बारेमा जानकारी लिन आएका जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।