काठमाडौं– नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको आयोजनामा हुन लागेको प्रथम वीर गणेशमान स्मृति इन्ट्रा क्रिकेट लिग प्रतियोगिताका लागि अक्सन सकिएको छ।
पुरुषतर्फ तुल्सी रोकाय सबैभन्दा महँगो खेलाडी भए भने महिला तर्फ दिप्सिका सुवेदी महँगो खेलाडी भएको नेपाल ल क्याम्पस नेविसंघका सभापति मोहम्मद माजिद प्रवेजले जानकारी दिए।
अक्सनरका रुपमा नेपाल सरकार न्याय सेवा शाखा अधिकृत अजय श्रेष्ठ थिए। फाल्गुन १७ देखि १९ सम्म चल्ने लिग चरणका खेल काठमाडौंको पु्ल्चोक क्रिकेट मैदानमा हुनेछन्।
पुरुष र महिलातर्फको फाइनल खेल भने त्रिभुवन विश्वविद्यालयको ल्याब मैदानमा हुनेछ। प्रतियोगिताको पुरस्कार रासी दुई लाख रुपैया रहेको र म्यान अफ दि म्याच हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
३ दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला टोलीलाई चार/चार समूहमा विभाजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।