फाइल तस्बिर
काठमाडौं– देशभरका लघुवित्त पीडितहरु बालुवाटारमा प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्।
उनीहरुले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन्। पीडितहरुले न्याय नपाएको भन्दै काठमाडौं आएर प्रदर्शन सुरु गरेका हुन्।
लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको बताउँदै आएका छन्। बुधवार देशभरका लघुवित्त तथा वित्तीय पीडितले काठमाडौंको गौशालाबाट करिव ३ हजार पीडितहरू जम्मा भएर बालुवाटार पुगेर प्रदर्शन गरेको बताएका छन्।
पीडितहरु गौशालाबाट कालोपुल हुँदै वालुटारसम्म पुगेका थिए । सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झक्झकाउन काठमाडौं आउनुपरेको बताए।
पीडितहरुले हाम्रो माग पूरा गर,राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदी बहिनी ठग्न पाइँदैन,धितो लिलाम फुकुवा गर, वित्तीय संस्था खारेज गर,वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।