काठमाडौं– अन्तर्राष्ट्रिय मात्रृभाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भाषा संरक्षणका लागि पनि व्यवस्था लोकतान्त्रिक हुनुपर्ने बताएका छन्।
भाषा आयोगले प्राज्ञ प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्। मन्त्री किराँतीले भने, ‘पञ्चायतमा एकै भाषा एकै भेष एकै धर्म एकै देश भन्थे। भाषालाई राष्ट्रिय र राष्ट्र भाषा भनेर विभेद गर्थे आज त्यो छैन प्रदेश र स्थानीय सरकारले मातृभाषालाई कामकाजको भाषाको रुपमा सञ्चालन गर्ने अधिकार छ। यो त्यतिकै आएको होइन सात दशकको संघर्ष र हजारौको बलिदान बाट आएको हो।’
यो व्यवस्थाको अर्को पश्चगामी विकल्प हुनै नसक्ने उनको दाबी थियो। यतिबेला नियोजित ढंगले व्यवस्थाप्रति हमला भइरहेको उनको भनाइ थियो।
‘त्यसैले व्यवस्था रक्षाको लागि सबै प्रगतिशिल र देश भत्तहरु एक हुन अपिल गर्दछु। भाषा मर्यो भने समाजको ज्ञान मर्छ ज्ञान भाषामा बाँचेको हुन्छ। ज्ञान नै मर्यो भने समाज पनि मर्दै जान्छ। भाषाको जीवन उत्पादन र बजारी करणसँग पनि जोडिएको हुन्छ। त्यसैले तीव्र आर्थिक विकास गर्नुपर्ने नै छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।