काठमाडाै- नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरुको हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।
ती भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ र नेपाल थारु संघ छन् ।
यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका अध्यक्षसहित तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।
शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका प्रतिनिधिहरु पनि महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।
यसअघि शुभेच्छुक संस्थाहरुले आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै महासमिति बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधान बमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।