काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन्।
सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधानको उचित कार्यान्वयनबाट मात्रै मुलुकमा सुशासन, विकास र शान्ति कायम हुनसक्ने बताए।
‘संविधान जनताको आशा र भरोसाको विषय बन्नुपर्छ। संविधान कार्यान्वयनका सवालमा देखिएका अस्पष्टता पहिचान गर्नुपर्छ’, सभापति देउवाले भने, ‘शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्छ।’
उनले अन्तरिम संविधानदेखि अहिलेसम्मको संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।
उनले कांग्रेस लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले सुनिश्चित गरेकाले संविधानको सार्थक कार्यान्वयन कांग्रेसको मुख्य अजेन्डा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।