काठमाडौं- कानुनमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको जारी महासमिति बैठक क्रोनी क्यापिटालिजमका विरुद्ध उभिन सक्नुपर्ने बताएका छन्।
महासमिति बैठकको उद्घाटन समारोहमा बोल्दै गुरुङले क्रोनी क्यापिटालिजमका कारणले गर्दाखेर नेताहरू व्यापारी जस्ता देखिए र व्यापारीहरू कतै नेता जस्ता देखिएको बताए।
‘त्यसैकारणले गर्दाखेर हामीहरू अलमलिइरहेका छौं। हामीले बहस यस्तो गरी छेड्न सक्नुपर्दछ कि महासमिति बैठक सम्पन्न गर्दै गर्दा क्रोनी क्यापिटालिजमका विरुद्धमा हामी महासमिति बैठक एक ठाउँमा उभिएर एउटा आवाज लिएर अगाडि बढ्न सक्नुपर्छ’, उनले भने।
गुरुङले क्रोनी क्यापिटालिजमका कारणले आफूले खोजे जस्तो आर्थिक सुशासन कायम गर्न नसकिएको बताए। ‘आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो’, उनले भने, 'जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन। भूइँ मान्छेलाई माथि उठाउन सकिँदैन। झुपडीलाई महलमा परिवर्तन गर्न सकिँदैन। र फेदमा बसेकालाई टुप्पोमा पुर्या।उन सकिँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।