काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो।
सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएकोमा १४ जना सर्टलिस्टमा परेका थिए। र आइतबार १४ जनाको अन्तार्वार्ता भएको थियो।
उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो। अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।