काठमाडौं– काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ गोली चलेको घटनामा इन्सपेक्टरविरुद्ध छानबिन भएको छ।
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेको थियो। त्यसपछि उनलाई प्रहरी परिसरमा तानेर छानबिन सुरु भएको हो।
उनको पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते भएका छन्। ड्युटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए।
बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।