• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

गायिका बन्ने सपना पूरा गर्न ३ दशकपछि अमेरिकाबाट नेपाल धाइरहेकी निता

64x64
नेपाल लाइभ शनिबार, फागुन १२, २०८०  १५:१०
1140x725

काठमाडौं– निता आचार्यको सधैं पहिलो रोजाइ रह्यो, सांगितिक साधना। परिस्थिति यस्तो बन्यो कि गायिका बन्ने बालसपना पूरा गर्ने समय जुर्न नै वर्षौं लाग्यो। कलेज टेकेको १ वर्ष पूरा नहुँदै झन्डै ३० वर्षअघि विवाह भएर अमेरिका पुगेकी उनलाई पारिवारिक जिम्मेवारीले गायिका बन्ने सपनामा ब्रेक लगाइरह्यो। तर, साधना भने उनले कहिल्यै छुटाइनन्। 

त्यही साधनाको परिणाम गीत रेकर्ड गराएर गायिका बन्न उनको चाहना अहिले पूरा भइरहेको छ। २ वर्षअघि ३ वाटा गीत रेकर्ड गराएर उनले आफूलाई औपचारिक रुपमा गायनमा समाहित गरिन्। यसवर्ष ४ वटा गीत  गाइन्। तीमध्ये ३ गीत ‘जिन्दगी त सँगै जिउने हो’, ‘गरिदेऊ बिदा’ र ‘झिमझिम परेली’ सार्वजनिक गरेकी छन्।

गायिका बनेको दिन नै उनका लागि सबैभन्दा आनन्ददायी पल थियो। सन् २०२० को त्यो एकदिन (जुनदिन उनको स्वरमा सजिएको गीत युट्युबमा आयो), उनको जीवनको सवैभन्दा खुसीको क्षण थियो। उनी सम्झिन्छिन्,  ‘म त्यो बेला अति  नै खुसी भएँ। भावुक भएँ। यति खुसी भएँ कि जीवनमा त्यति खुसी पहिले कहिल्यै भएकी थिइनँ। म पनि गर्न सक्ने रहेछु भनेर खुसी भएँ। त्यो दिन धित मर्नेगरी रोएँ।’

जीवनको अविस्मरणीय क्षणका रुपमा उनले त्यसलाई लिएकी छिन्। त्यही दिन प्रण गरिन्- अब म गीतसंगीतमा सक्रिय भएर लाग्छु। संगीत साधनामा निरन्तरता दिन्छु।

त्यो क्षण जुराइदिने उनका निकटस्थ साथी थिए। जसले उनले गीत गुनगुनाएको सुनिरहेका थिए। अमेरिकामा हुने नेपाली कार्यक्रममा निताले गीत गाउँथिन्। त्यसबाट उनले निताको गीत गाउने रुचिको परख गरेका थिए। त्यही साथी सर्कलमा साहित्यमा समेत रुचि भएका टीकाकुमार पुन थिए। जसलाई निता राम्रो वक्ता समेत भनेर प्रशंसा गर्छिन्। उनले नै भने, ‘म एउटा गीत लेखिदिन्छु। संगीत गराएर तपाईंको स्वरमा रेकर्ड गर्नुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

निताले संगीतका लागि बीबी अनुरागी रोजिन्। औपचारिक चिनजान थिएन। फेसबुकमा सम्पर्क गरेर उनले संगीतका लागि अनुरोध गरेकी थिइन्। अनुरागीले निताको चाहना बुझे र संगीत गरिदिए। अमेरिकामै गीत रेकर्ड भयो। गीत तयार भएपछि उनलाई लाग्यो- म पनि सक्ने रहिछु।

गायिका बन्‍ने सपना कक्षा ४ देखि नै बुन्न थालेकी हुन्। कन्या स्कुल लैनचौर पढेकी उनको संगिनीहरुसँग अन्तराक्षरी खेल्दा स्वरको पहिचान भयो। सधैं अन्तराक्षरी जित्न थालेपछि उनका साथीहरुले नयाँ शर्त तेर्स्याए- हरेक शुक्रबार गीत गाएर सुनाउने। उनले सहजै स्वीकारिन् । त्यसपछि शिक्षकहरुसम्म उनको स्वरको तारिफ पुग्यो । स्कुलका हरेक कार्यक्रममा गाउन थालिन्। 

एसएलसी पास गर्दै गर्दा उनी नेपाली कलाकार अरुणा लामा, तारादेवी, नारायण गोपाल, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ र भारतीय गायिका लता मंगेशकर, आशा भोस्ले आदिका गीत दुरुस्त गाउने भइसकेकी थिइन्। उनका शिक्षकहरुले संगीततिर भविष्य रहेको बताउन थालेका थिए र उनी आफैं पनि संगीत सिकेर गायिका बन्ने सपना सजाउन थालेकी थिइन्। तर, त्यो समय परिवारले छोरी गायिका बन्ने कुरालाई सहज रुपमा लिएन। उनले थप जोडबल गर्न नपाइ अमेरिका बस्ने केटासँग विवाह भइहाल्यो। 

अमेरिका गएपछि केही समय त्यहाँको जनजीवनसँग अभ्यस्त हुन लाग्यो, त्यसपछि करियर र परिवारभन्दा भन्दै उनको झन्डै तीन दशक गयो। 

‘गायिका बन्ने सपनाले बेला-बेला झस्काइरहन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले मैले साधना छाडिनँ। अमेरिकामा गएको ४ वर्षपछि मैले संगीतको गुरु खोज्न थालेँ। त्यसक्रममा म भारतीय पुजारीकहाँ पुगेँ। उहाँले १ जनाको सम्पर्क नम्बर दिनुभयो। उहाँसँग गएर शास्त्रीय संगीत सिकेँ।’

समय र परिस्थितिले निरन्तरता नभए पनि उनले सकेसम्म संगीतको सम्पर्कमै रहने कोसिस गरिरहिन्। त्यही कोसिसको परिणाम अहिले उनले गीत गाइरहेकी छन्। पछिल्ला २ वर्षदेखि गीत रेकर्ड गराउनकै लागि नेपाल धाइरहेकी छन्।

‘अमेरिका गएपछि सुरुमा ५ वर्षपछि नेपाल फर्किएँ। त्यसपछि फेरि ५, त्यसपछि १० वर्षपछि नेपाल आएँ। म नेपालबाट टाढिएको जस्तो महसुस भयो। सांगितिक कुरामा पनि पछि परेको महसुस गर्न थालें। त्यसपछि अहिले हरेक वर्ष आइरहेकी छु।’
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग
सम्बन्धित सामग्री
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्