काठमाडौं- क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रलोभनमा पारेर नक्कली फार्मको नाममा कर्जा लिएर घोटाला गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका–६ घर भएका ६७ वर्षीय रामभक्त थापा छन्। थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। सीआईबीले उनलाई माघ २६ गते कोटेश्वरबाट पक्राउ गरेको हो।
उनले ब्रोइलर सप्लार्यसको नाममा नक्कली कागजात बनाएर फाइनान्सका कर्मचारी तथा पदाधिकारीलाई प्रलोभनमा पारेर ८ करोड रुपैयाँ कर्जा लिएका थिए।
फर्जी कागजातको नाममा कर्जा लिई फाइनान्सलाई ९ करोड ७ दाख रुपैयाँ भन्दा बढी हानी गरेको भन्दै उनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा समेत दायर भएको थियो।
२०७१ वैशाखमा दायर भएको मुद्दामा उनलाई ९ करोड ७ लाख बिगो र तीन वर्ष कैदको सजाय सुनाइएको थियो। सोही मुद्दामा फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयका लागि पठाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।