काठमाडौं– ज्यान मार्ने उद्योगको कसुरमा सजाय निर्धारण भएका फरार व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–७ का ३९ वर्षीय अशोक राई छन्। उनलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान (पीआईटी) समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा सुनसरी जिल्ला अदालतले २०७८ भदौ २८ गते ७ महिना २४ दिन कैद सजाय सुनाएको थियो।
राई गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।