काठमाडौं– काठमाडौं आउँदै गरेको चितवनमा रोकिराखेको ट्रकसँग ठोक्किएर भएको दुर्घटना २० जना घाइते भएका छन्।
रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस शुक्रबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको थियो।
घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।