राष्ट्रपति रामचन्द्र पौडेल (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २ देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन्। यस्तै शनिल नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइ हुँदै अनुमोदन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।