काठमाडौं– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले बाँदर नियन्त्रण गर्न रुख काट्ने सूचना निकालेको छ।
वडाध्यक्ष शिवकुमार कार्कीले वडाभित्रका सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेको भन्दै फागुन महिनाभित्र आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन्।
यस्तै, उक्त कार्यमा सबै टोल सिकास समिती र वन उपभोक्ता समिति तथा जनप्रतिनिधि समाजसेवीहरुले सहयोग गरिदिन अनुरोध समेत गरेका छन्।
यसअघि कास्कीको पोखरा महानगरपालिकामा पनि बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान घोषणा गरिएको थियो। पोखरा–१० का वडाध्यक्षले बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ भन्ने अभियान घोषणा गरेका थिए। तर उक्त घोषणाको व्यापक विरोध भएको थियो।
बाँदर धपाउन रुख काट्ने योजनाको व्यापक विरोध भएपछि पोखरा–१० का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो निर्णयबाट पछि हटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।