काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश भने असफल भइरहेको बताए।
उनले हरेक राजनीतिक दलहरुको दस्ताबेजहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहिँ किन असफल भएको हो भन्दै प्रश्न गरे।
नेता भुषालले नेपालका राजनीतिक दलहरु गुटमा परिणत भइसकेको पनि आरोप पनि लगाए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरुमा समस्या भएको बताए।
उनले भने, ‘हरेक राजनीतिक पार्टीले दाबी के गर्छ भने, हामी सफल छौँ। हरेकको केन्द्रीय कमिटी बैठकमा हेर्यौँ भनेदेखि ती पार्टीका डकुमेण्टहरुले भन्छन्, हाम्रो पार्टी सफल छ। ठिक छ। असल नै छ भनेर हरेक राजनीतिक पार्टीको डकुमेण्ट भन्छ। राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।