काठमाडौं– प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलवार बिहानैदेखि न्याय परिषदको बैठक राखेका छन्। सोमबार परिषद्का सबै सदस्यलाई आकस्मिक खबर गर्दै परिषद्का अध्यक्ष एवम् प्रधान्यायाधीश श्रेष्ठले बैठक राखेका हुन्। परिषद् स्रोतले बिहान ८ बजेदेखि परिषदको बैठक बसिरहेको जानकारी दिएको छ।
बैठकले केही न्यायाधीशको सरुवा र केही न्यायाधीशमाथि कारबाहीका बारेमा छलफल गर्ने छ। हाल उच्च अदालतका १ र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि परिषद्ले छानबिन गरिरहेको छ।
त्यस्तै, जिल्ला अदालतमा १० न्यायाधीशको पद रिक्त रहेको छ भने सर्वोच्चमा पनि १ पद रिक्त रहेको छ।
जिल्ला न्यायाधीशमा लोक सेवा आयोगको विज्ञापनको कोटा छुट्टाएर परिषद्ले नियुक्तिको निर्णय गर्न सक्छ। त्यस्तै, सर्वोच्च अदालतका अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पनि अबको १ महिनामा अवकाश पाउने भएकाले सिफारिस गर्न सकिने भएकाले छलफल हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।