काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्को चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए। उनले संसद अधिवेशनको सुरुवात राम्रो वातावरणमा भएको प्रतिक्रिया दिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ। आज राम्रो वातावरणमा शुरु भएको छ। अब अगाडि बढ्छ।’
संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को हिउँदे अधिवेशन आज(सोमवार)देखि सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।