काठमाडौं- नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले नेपाल भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्युरी (अदालतको सहयोगी) पठाएका छन्।
नेपाल बार एसोसिएसनले केदार कार्की र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्युरीको रुपमा पठाएको हो। उनीहरुले सुनुवाइका दिन व्यापार सम्झौताको संवैधानिक अवस्थाका बारेमा आफ्नो राय दिनेछन्।
सम्झौता नेपालको हित प्रतिकुल रहेको दाबी सहित अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
१६ माघमा न्यायाधीश नहकुल सुवेदीको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि झिकाउनुका साथै एमिकस क्युरी पठाउन नेपाल बार र सर्वोच्च बारको नाममा आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।