काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए।
अधिवेशन आह्वान गरिएअनुसार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय) सभाको बैठक बसिरहेको छ।
सोमबारको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।