झापा– झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने एक जनाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५ वर्षीय विक्रम सेनेहाङ्को हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ पोखरी टोलका १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा बिक्रम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
गम्भीर घाइते विक्रमको बी एण्ड सी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।