काठमाडौं– पछिल्लो एक सातादेखि बढेको चिसो र पहाडी तथा हिमाली क्षेत्रमा भइरहेको वर्षा र हिमपात आइतबार पनि धेरै ठाउँमा हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ।
यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ। यद्यपि सोमबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।