धनगढी- कञ्चनपुरमा तरकारी व्यापार गर्दै आएकी करिब ६० वर्षीया आइती सार्कीको शव फेला परेको छ।
शनिबार बिहान भीमदत नगरपालिकास्थित नहरमा उनको शव भेटिएको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। दैलेख घर भएकी उनी तरकारी व्यापार गर्दै आएकी थिइन्। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।