काठमाडौं– शनिबार पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बाँकी भू–भागमा भने मौसम सफा रहने जनाइएको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
महाशाखाले पहाडी तथा उच्च पहाडी भूभागमा हिमपातकारण जनजीवन केही प्रभावित पार्ने भएकाले सचेत रहन आग्रह गरेहको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।