काठमाडौं– नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा प्रकरणमा आफूहरुमाथि प्रतिशोध साँधेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूहरुले प्रक्रिया पुरा गरेर लिएको जग्गामा ३७ वर्षपछि आफ्नो परिवारका सदस्यलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए। उनले २०४२ सालमा बाँसबारीको जग्गामा भएको सम्झौता सही भएको दाबी गर्दै अरुण चौधरीसहितको पक्राउ गलत भएको दावी गरे ।
‘अहिले हामी व्यवसायीमाथि आक्रमण गर्ने तरिकाबाट पक्राउ गरियो। त्यतिबेला बाँसबारीको जग्गाको मूल्य ५ लाख पनि थिएन’ उनले भने ‘ हामीले त्यसबेला त्यो जग्गा लिजमा लिएका हौ। यो ठूलो विषय पनि होइन। छानबिन गर्दा हुन्थ्यो।’
यसरी सरकारले थाहै नदिई आफूहरुको प्रतिष्ठामा आँच पुर्याउने गरी पक्राउ गरिएको भन्दै उनले आफूहरुले अनुसन्धानमा सधै सहयोग गर्ने पनि दाबी गरे। बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासम्मत रूपमा सीजी ग्रुपले लिएको बताउँदै उनले सरकारले अहिले आएर प्रतिशोध साँधेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।