• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

लिमी–लाप्चा सडक: दशकअघि खोलिएको ट्रयाक स्तरोन्नति नहुँदा सार्वजनिक यातायात सञ्चालन हुन सकेन

कृष्णा पौडेल/न्युज एजेन्सी नेपाल मंगलबार, माघ १६, २०८०  १४:४४
1140x725

हुम्ला– ट्रयाक्क खोलेको १० वर्ष भइसक्दा पनि हुम्लाको लिमी–लाप्चा सडक खण्ड अझै स्तरोन्नति हुन सकेको छैन। चीनसँग सीमा जोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाको लाप्चा–केरमी सम्मको बाटोको ट्रयाक २०७० सालमा नै खोलिएको हो। एक दशक भइसक्दा पनि सडकको अवस्था उस्तै छ।

मौसमी पर्यटकले भाडामा प्रयोग गर्ने जीपबाहेक सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुँदैनन्। स्थानीयले प्रयोग गर्दै आएको पैदलबाटोलाई नै आधार मानेर २०६७ सालको भदौमा मोटर बाटो खन्न सुरु गरिएको थियो। जनश्रमदान र ब्रेकर बिनाको डोजरको सहायतामा ४ वर्ष लगाएर लाप्चा–केरमी सम्मको ७८ किलोमिटर सडक खण्डको ट्रयाक खोलिएको थियो।

तत्कालीन समयमा बाटो बनाउने कामको जिम्मा लिएका स्थानीय समाजसेवी मंगल लामा निकै दुखको साथ ट्रयाक खोल्ने काम भए पनि त्यसयता बाटोको स्तरोन्नतिमा कुनै पनि सरकारको ध्यान नपुग्दा स्थानीयहरु अझै पनि सार्वजनिक यातायात प्रयोगबाट वञ्चित हुनुपरेको गुनासो गर्छन्।

उनले भने, ‘सुरुमा म्याचिङ फण्डको रुपमा नेपाल सरकारको १ करोड र ३ वटा गाउँ विकास समितिले २० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँमा बाटोको ट्रयाक खोल्ने काम गरिएको थियो। ३ गाउँ विकास समितिका स्थानीय नागरिकको पहलमा सुरु गरिएको थियो। २०६७ साल भदौ अन्तिम सातामा पोखराको एच ए कन्स्ट्रक्सनबाट भाडामा ल्याएको डोजरलाई तातोपानी नाका हुँदै लाप्चा नाकामा पुर्‍याएको थियो। त्यसपछि चाइनाबाट ल्हासामा चिनेको साथीहरुबाट एक ट्रक तेल उधारोमा ल्याएर हामीले बाटो खन्न सुरु गरेका थियौं।’

limi-lapcha-sadak-(1)-1706605097.jpg
 

सबै काम मान्छेले नै गर्नुपर्छ र मान्छेलाई नै लगाउनुपर्छ भन्ने मान्यता बोकेको तत्कालीन समयको त्यो समुदायले मान्छेले गर्ने काम मेसिनलाई दिए भनेर विरोध गरे। लामामाथि आक्रमणको प्रयास पनि गरियो। आफूमाथि भएको आक्रमणलाई उनी ‘अशिक्षा’को संज्ञा दिन्छन्। उनी त्यो घटनालाई यसरी सम्झन्छन्।

‘मान्छेले काम गर्ने पैसा डोजरलाई दियो। डोजरलाई दिएपछि लुट्न खोज्यो भनेर काम गर्नेहरुलाई उचालेर....ठाउँमा राति जाँड खाएर ढुंगामुडा नै गरेपछि काम गर्न बसेका मेरा साथीहरु रातारात भागेर प्रहरी चौकीको शरण पुगे। पालहरुमा ढुंगामुडा गरेर बाटो निर्माण समितिका मान्छेहरुलाई तितरवितर पार्ने काम भयो। म सिमिकोटमा थिएँ। आक्रमण भएको थाहा पाएपछि तेललाई दिनुपर्ने थोरै पैसासहित एउटा तिब्बती छुरी पनि बोकेर आएँ। आक्रमण गर्न सकभर सम्झाई बुझाई गर्छु। भएन भने जे पनि हुनसक्थ्यो। त्यसैले आफ्नो ज्यानको सुरक्षाका लागि म मानसिक रुपमामा नै तयार भएर आएको थिएँ। बेलुका पालभित्र केही मान्छे आए। अनि मैले बाटो बनाउँदाको फाइदाहरु सुनाएँ। अहिलेको जस्तो घुमन्तेको रुपमा बसेर हुँदैन भनेर राम्रोसँग सम्झाएपछि उनीहरुले लफडा गरेनन्। त्यतिबेला हिल्सातिर आर सि आई डब्लुले बाटो खन्न सुरु गरेको थियो। संकटकाल थियो। त्यतिबेला त्यहाँको स्थानीयको बुझाई बाटो खनेको ज्याला भन्दा पनि इन्जिनियरलाई गोदेपछि चामल बढी पाइन्छ भन्ने थियो। बाटो खन्ने क्रममा केही इन्जिनियलाई बाधेर गोद्ने काम पनि भयो। बाटो निर्माण समितिको अध्यक्षको दारी उखेलियो। मूल्यांकन यति गरिदिने हो भने गरे नभए मारिदिन्छु भनेपछि १० कठ्ठाको काम गरेकोमा १५/२० कठ्ठाको गरिदिने गरेको थियो। त्यसरी लुटपाट मच्चाएको ट्रेण्ड यहाँ(आफूमाथि) बसाल्न खोजियो।’

limi-lapcha-sadak-(4)-1706605093.jpg
 

Ncell 2
Ncell 2
nimb
nimb

जसरी पनि मोटरबाटो खोल्ने एकसूत्रिए अभियानमा लागेका लामालाई कतिपय मान्छेहरुले बाटो आउनै सक्दैन भनेर भट्काउने गर्दथे। द्वन्द्वरत समय भएकाले बाटो निर्माणमा राजनीतिक अवरोध धेरै भयो। तर सडक यातायात नहुँदा स्थानीयले भोग्नुपरेको दुःख र पीडाले उनलाई जसरी पनि बाटो खोल्नुपर्छ भन्ने दबाब दिइरह्यो। आफैंले गरेको काम सम्झँदा अहिले उनलाई ‘कसरी गरेँ होला’ भन्ने लाग्छ। बाटो खन्ने मेसिन बिग्रिँदा १ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकोप्टरमा मिस्त्री ल्याउनुपरेको सम्झन्छन् उनी।

‘आज भोलि सम्झँदा सकिँदैन जस्तो लाग्छ। मलाई बाटो बनाउन लिमी बासीले साथ दिए र विश्वास गरे। सुरुमा केही अवरोध भए। यस्तो अनकन्टार ठाउँ छ। वर्षादमा केही समय मात्रै मान्छेको चहलपहल हुन्छ।  मैले काम गर्न वैशाखबाटै शुरु गर्थे। न्यालोको लेकमा भरियासहित हिउँ छिचोलेर आउँथेँ र गर्थेँ। त्यस्तै नेपाल र चाईनाबीच डिजेल किन्ने प्रावधान थिएन।  डिजेल ताक्लाकोटबाट अनौपचारिक रुपले त्यहाँको अधिकारीहरुसँग समन्वय गरेर किन्नुपर्थ्यो। लिमीका व्यवसायीहरुसँग समन्वय गरेर त्यही सामानमा लुकाएर तेल ल्याएर काम गरेको हो। अनि मेसिन बिग्रँदा मिस्त्रि ल्याउन समस्या हुन्थ्यो। एकपटक दुईघण्टा बल्डीङ गर्नको लागि मैले १ लाख ५० हजार तिरेर हेलिकोप्टर बुकिङ गरेँ। हेलिकोप्टरमा बल्डिङ मेसिन र मिस्त्री ल्याएको।’

बिना इजिनियरिङ, बिना सर्वे खनेको बाटोमा झर्ने सुख्खा पहिरो लगायत अवरोधलाई २०६७ सालमा ल्याएको डोजरबाटै हटाउने गरिन्थ्यो। तर सो डोजर पनि ३ वर्षदेखि बिग्रिएर सल्लीमा थन्किएको छ। तुमकोटस्थित कर्णाली नदी तार्ने क्रममा बीचैमा मेसिन बिग्रियो। तान्ने उपकरणको अभावमा वर्षातको समयभर मेसिन कर्णाली नदीमा नै रह्यो। नदीमा पानीको सतह घटेपछि मेसिन पानी बाहिर त निकालियो तर बनाउन धेरै खर्च लाग्ने भएपछि अहिले सल्लीमा नै थन्किएको छ।

बिग्रेको मेसिन देखाउँदै लामा भन्छन्, ‘यो मेसिनलाई खासा तातोपानी हुदै कैलाश मानसरोवरको बीचबाट लाप्चा बोर्डरमा ०६७ भदौ अन्तिमतिर ल्यायौं। त्यहाँबाट  खन्न सुरु गरेर कात्तिकसम्म टाक्चीसम्म बाटो पुर्‍यायौं। अर्कोसाल तलुङसम्म पुर्‍यायौं। तुम्लिङदेखि जाङसम्मको बाटो पनि यही मेसिनले खनेको हो। त्यसपछि अर्को साल छुङ्सासम्म पुर्‍यायौं। त्यसको अर्को साल सल्ली भन्ने ठाउँमा। चाईनाको बोर्डर लाप्चादेखि सल्ली ७८ किलोमिटर टाढा छ। ४ वर्षमा यहाँसम्म पुर्‍यायौं। पाचौँ वर्षमा केरमीसम्म झन्डै ८ किलोमिट बाटो खन्ने काम गरियो। यो मेसिन आउँदा हामीसँग ब्रेकर थिएन। बिना ब्रेकरको मेसिनबाट पनि हामीले केरमी र लेकढिङ्गासम्म बाटो खनेको हो। हुम्लामा बाटो खन्नका लागि ल्याएको पहिलो मेसिन नै यही हो। अहिले बिग्रिएर ३ वर्षदेखि सल्लीमा नै छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

limi-lapcha-sadak-(2)-1706605098.jpg
 

कैलाश मानसरोवर दर्शन गर्ने र लिमी उपत्यका घुम्न जाने मौसमी पर्यटकले रिजर्भ गरेका बेला लिमी–लाप्चा सडक खण्डमा गाडी चलाउँदै आएका सवारी चालक तिलक खप्तडी मगर जोखिमपूर्ण सवारी चलाउनु परेको बताउँछन्। ट्रयाक मात्रै खोलिएको पहाडी बाटोमा पर्ने दर्जन बढी हिमखोलाहरुमा साँझमा पानीको सतह बढ्ने र बहाव दह्रो हुँदा गाडी नै बगाउने खतरा पनि हुने गरेको सम्झन्छन्।

उनले भने, ‘बाटोको अवस्था चाहीँ ठिक छैन। हिल्सातिर ठिकै छ तर लिमीलाप्चातिर चाहीँ लास्टै असहज छ। बाटोमा खोलाहरु छन् ठूला ठूला गाडी नै बगाउने जस्तो।  पुलहरु प्नि छैनन्। डबल गाडी क्रस गर्ने बाटो पनि छैन। एकदमै असहज छ। साँझतिर हिउँ पग्लियो भने खोला लास्टै बढ्छ। गाडी नै बगाउला जस्तो गर्छ। धेरै ठाउँमा छ खोला। बाटो पनि त्यस्तै छ। ठूलाठूला गौँडा छन्। टु हुईल गाडीहरु उक्लनै सक्दैनन्। फोर हुईलको मात्रै हो काम यहाँ। गौडामा उक्लिन नसकेर ब्याक गर्दा गाडीहरु धेरै पल्टिरहेको छ। खोलामा पनि तर्न नसकेर गाडीहरु धेरै अड्किने गर्छ।’

ट्रयाक खुलेपछि सार्वजनिक यातायात सञ्चालन हुने आशमा बसेका लिमीवासीहरु अहिले पनि पैदलयात्रा गरि सदरमुकाम आउन बाध्य छन्। चुनावका बेला मत माग्न गाउँ पुग्ने नेताहरु ५ वर्ष फर्किंदैनन्। मुलुकमा लोकतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, जनताका छोराछोरीले राज्य सञ्चालनको बागडोर समाते तर लिमीवासीको जीवनस्तरमा परिर्वतन आउन सकेको छैन। मुलुककै ठूलो उपत्यका लिमिवासी अहिले पनि सदरमुकाम सिमीकोट आउन एक साता लगाएर पैदल यात्रा गर्न बाध्य छन्। हिमपातका कारण वर्षमा ४ महिना मुस्किलले सवारी सञ्चालन हुने सो खण्डका बासिन्दाले कहिले चढ्न पाउलान् सार्वजनिक यातायात?

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्