• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

लिमी–लाप्चा सडक: दशकअघि खोलिएको ट्रयाक स्तरोन्नति नहुँदा सार्वजनिक यातायात सञ्चालन हुन सकेन

कृष्णा पौडेल/न्युज एजेन्सी नेपाल मंगलबार, माघ १६, २०८०  १४:४४
1140x725

हुम्ला– ट्रयाक्क खोलेको १० वर्ष भइसक्दा पनि हुम्लाको लिमी–लाप्चा सडक खण्ड अझै स्तरोन्नति हुन सकेको छैन। चीनसँग सीमा जोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाको लाप्चा–केरमी सम्मको बाटोको ट्रयाक २०७० सालमा नै खोलिएको हो। एक दशक भइसक्दा पनि सडकको अवस्था उस्तै छ।

मौसमी पर्यटकले भाडामा प्रयोग गर्ने जीपबाहेक सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुँदैनन्। स्थानीयले प्रयोग गर्दै आएको पैदलबाटोलाई नै आधार मानेर २०६७ सालको भदौमा मोटर बाटो खन्न सुरु गरिएको थियो। जनश्रमदान र ब्रेकर बिनाको डोजरको सहायतामा ४ वर्ष लगाएर लाप्चा–केरमी सम्मको ७८ किलोमिटर सडक खण्डको ट्रयाक खोलिएको थियो।

तत्कालीन समयमा बाटो बनाउने कामको जिम्मा लिएका स्थानीय समाजसेवी मंगल लामा निकै दुखको साथ ट्रयाक खोल्ने काम भए पनि त्यसयता बाटोको स्तरोन्नतिमा कुनै पनि सरकारको ध्यान नपुग्दा स्थानीयहरु अझै पनि सार्वजनिक यातायात प्रयोगबाट वञ्चित हुनुपरेको गुनासो गर्छन्।

उनले भने, ‘सुरुमा म्याचिङ फण्डको रुपमा नेपाल सरकारको १ करोड र ३ वटा गाउँ विकास समितिले २० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँमा बाटोको ट्रयाक खोल्ने काम गरिएको थियो। ३ गाउँ विकास समितिका स्थानीय नागरिकको पहलमा सुरु गरिएको थियो। २०६७ साल भदौ अन्तिम सातामा पोखराको एच ए कन्स्ट्रक्सनबाट भाडामा ल्याएको डोजरलाई तातोपानी नाका हुँदै लाप्चा नाकामा पुर्‍याएको थियो। त्यसपछि चाइनाबाट ल्हासामा चिनेको साथीहरुबाट एक ट्रक तेल उधारोमा ल्याएर हामीले बाटो खन्न सुरु गरेका थियौं।’

limi-lapcha-sadak-(1)-1706605097.jpg
 

सबै काम मान्छेले नै गर्नुपर्छ र मान्छेलाई नै लगाउनुपर्छ भन्ने मान्यता बोकेको तत्कालीन समयको त्यो समुदायले मान्छेले गर्ने काम मेसिनलाई दिए भनेर विरोध गरे। लामामाथि आक्रमणको प्रयास पनि गरियो। आफूमाथि भएको आक्रमणलाई उनी ‘अशिक्षा’को संज्ञा दिन्छन्। उनी त्यो घटनालाई यसरी सम्झन्छन्।

‘मान्छेले काम गर्ने पैसा डोजरलाई दियो। डोजरलाई दिएपछि लुट्न खोज्यो भनेर काम गर्नेहरुलाई उचालेर....ठाउँमा राति जाँड खाएर ढुंगामुडा नै गरेपछि काम गर्न बसेका मेरा साथीहरु रातारात भागेर प्रहरी चौकीको शरण पुगे। पालहरुमा ढुंगामुडा गरेर बाटो निर्माण समितिका मान्छेहरुलाई तितरवितर पार्ने काम भयो। म सिमिकोटमा थिएँ। आक्रमण भएको थाहा पाएपछि तेललाई दिनुपर्ने थोरै पैसासहित एउटा तिब्बती छुरी पनि बोकेर आएँ। आक्रमण गर्न सकभर सम्झाई बुझाई गर्छु। भएन भने जे पनि हुनसक्थ्यो। त्यसैले आफ्नो ज्यानको सुरक्षाका लागि म मानसिक रुपमामा नै तयार भएर आएको थिएँ। बेलुका पालभित्र केही मान्छे आए। अनि मैले बाटो बनाउँदाको फाइदाहरु सुनाएँ। अहिलेको जस्तो घुमन्तेको रुपमा बसेर हुँदैन भनेर राम्रोसँग सम्झाएपछि उनीहरुले लफडा गरेनन्। त्यतिबेला हिल्सातिर आर सि आई डब्लुले बाटो खन्न सुरु गरेको थियो। संकटकाल थियो। त्यतिबेला त्यहाँको स्थानीयको बुझाई बाटो खनेको ज्याला भन्दा पनि इन्जिनियरलाई गोदेपछि चामल बढी पाइन्छ भन्ने थियो। बाटो खन्ने क्रममा केही इन्जिनियलाई बाधेर गोद्ने काम पनि भयो। बाटो निर्माण समितिको अध्यक्षको दारी उखेलियो। मूल्यांकन यति गरिदिने हो भने गरे नभए मारिदिन्छु भनेपछि १० कठ्ठाको काम गरेकोमा १५/२० कठ्ठाको गरिदिने गरेको थियो। त्यसरी लुटपाट मच्चाएको ट्रेण्ड यहाँ(आफूमाथि) बसाल्न खोजियो।’

limi-lapcha-sadak-(4)-1706605093.jpg
 

Ncell 2
Ncell 2
nimb
nimb

जसरी पनि मोटरबाटो खोल्ने एकसूत्रिए अभियानमा लागेका लामालाई कतिपय मान्छेहरुले बाटो आउनै सक्दैन भनेर भट्काउने गर्दथे। द्वन्द्वरत समय भएकाले बाटो निर्माणमा राजनीतिक अवरोध धेरै भयो। तर सडक यातायात नहुँदा स्थानीयले भोग्नुपरेको दुःख र पीडाले उनलाई जसरी पनि बाटो खोल्नुपर्छ भन्ने दबाब दिइरह्यो। आफैंले गरेको काम सम्झँदा अहिले उनलाई ‘कसरी गरेँ होला’ भन्ने लाग्छ। बाटो खन्ने मेसिन बिग्रिँदा १ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकोप्टरमा मिस्त्री ल्याउनुपरेको सम्झन्छन् उनी।

‘आज भोलि सम्झँदा सकिँदैन जस्तो लाग्छ। मलाई बाटो बनाउन लिमी बासीले साथ दिए र विश्वास गरे। सुरुमा केही अवरोध भए। यस्तो अनकन्टार ठाउँ छ। वर्षादमा केही समय मात्रै मान्छेको चहलपहल हुन्छ।  मैले काम गर्न वैशाखबाटै शुरु गर्थे। न्यालोको लेकमा भरियासहित हिउँ छिचोलेर आउँथेँ र गर्थेँ। त्यस्तै नेपाल र चाईनाबीच डिजेल किन्ने प्रावधान थिएन।  डिजेल ताक्लाकोटबाट अनौपचारिक रुपले त्यहाँको अधिकारीहरुसँग समन्वय गरेर किन्नुपर्थ्यो। लिमीका व्यवसायीहरुसँग समन्वय गरेर त्यही सामानमा लुकाएर तेल ल्याएर काम गरेको हो। अनि मेसिन बिग्रँदा मिस्त्रि ल्याउन समस्या हुन्थ्यो। एकपटक दुईघण्टा बल्डीङ गर्नको लागि मैले १ लाख ५० हजार तिरेर हेलिकोप्टर बुकिङ गरेँ। हेलिकोप्टरमा बल्डिङ मेसिन र मिस्त्री ल्याएको।’

बिना इजिनियरिङ, बिना सर्वे खनेको बाटोमा झर्ने सुख्खा पहिरो लगायत अवरोधलाई २०६७ सालमा ल्याएको डोजरबाटै हटाउने गरिन्थ्यो। तर सो डोजर पनि ३ वर्षदेखि बिग्रिएर सल्लीमा थन्किएको छ। तुमकोटस्थित कर्णाली नदी तार्ने क्रममा बीचैमा मेसिन बिग्रियो। तान्ने उपकरणको अभावमा वर्षातको समयभर मेसिन कर्णाली नदीमा नै रह्यो। नदीमा पानीको सतह घटेपछि मेसिन पानी बाहिर त निकालियो तर बनाउन धेरै खर्च लाग्ने भएपछि अहिले सल्लीमा नै थन्किएको छ।

बिग्रेको मेसिन देखाउँदै लामा भन्छन्, ‘यो मेसिनलाई खासा तातोपानी हुदै कैलाश मानसरोवरको बीचबाट लाप्चा बोर्डरमा ०६७ भदौ अन्तिमतिर ल्यायौं। त्यहाँबाट  खन्न सुरु गरेर कात्तिकसम्म टाक्चीसम्म बाटो पुर्‍यायौं। अर्कोसाल तलुङसम्म पुर्‍यायौं। तुम्लिङदेखि जाङसम्मको बाटो पनि यही मेसिनले खनेको हो। त्यसपछि अर्को साल छुङ्सासम्म पुर्‍यायौं। त्यसको अर्को साल सल्ली भन्ने ठाउँमा। चाईनाको बोर्डर लाप्चादेखि सल्ली ७८ किलोमिटर टाढा छ। ४ वर्षमा यहाँसम्म पुर्‍यायौं। पाचौँ वर्षमा केरमीसम्म झन्डै ८ किलोमिट बाटो खन्ने काम गरियो। यो मेसिन आउँदा हामीसँग ब्रेकर थिएन। बिना ब्रेकरको मेसिनबाट पनि हामीले केरमी र लेकढिङ्गासम्म बाटो खनेको हो। हुम्लामा बाटो खन्नका लागि ल्याएको पहिलो मेसिन नै यही हो। अहिले बिग्रिएर ३ वर्षदेखि सल्लीमा नै छ।’

limi-lapcha-sadak-(2)-1706605098.jpg
 

कैलाश मानसरोवर दर्शन गर्ने र लिमी उपत्यका घुम्न जाने मौसमी पर्यटकले रिजर्भ गरेका बेला लिमी–लाप्चा सडक खण्डमा गाडी चलाउँदै आएका सवारी चालक तिलक खप्तडी मगर जोखिमपूर्ण सवारी चलाउनु परेको बताउँछन्। ट्रयाक मात्रै खोलिएको पहाडी बाटोमा पर्ने दर्जन बढी हिमखोलाहरुमा साँझमा पानीको सतह बढ्ने र बहाव दह्रो हुँदा गाडी नै बगाउने खतरा पनि हुने गरेको सम्झन्छन्।

उनले भने, ‘बाटोको अवस्था चाहीँ ठिक छैन। हिल्सातिर ठिकै छ तर लिमीलाप्चातिर चाहीँ लास्टै असहज छ। बाटोमा खोलाहरु छन् ठूला ठूला गाडी नै बगाउने जस्तो।  पुलहरु प्नि छैनन्। डबल गाडी क्रस गर्ने बाटो पनि छैन। एकदमै असहज छ। साँझतिर हिउँ पग्लियो भने खोला लास्टै बढ्छ। गाडी नै बगाउला जस्तो गर्छ। धेरै ठाउँमा छ खोला। बाटो पनि त्यस्तै छ। ठूलाठूला गौँडा छन्। टु हुईल गाडीहरु उक्लनै सक्दैनन्। फोर हुईलको मात्रै हो काम यहाँ। गौडामा उक्लिन नसकेर ब्याक गर्दा गाडीहरु धेरै पल्टिरहेको छ। खोलामा पनि तर्न नसकेर गाडीहरु धेरै अड्किने गर्छ।’

ट्रयाक खुलेपछि सार्वजनिक यातायात सञ्चालन हुने आशमा बसेका लिमीवासीहरु अहिले पनि पैदलयात्रा गरि सदरमुकाम आउन बाध्य छन्। चुनावका बेला मत माग्न गाउँ पुग्ने नेताहरु ५ वर्ष फर्किंदैनन्। मुलुकमा लोकतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, जनताका छोराछोरीले राज्य सञ्चालनको बागडोर समाते तर लिमीवासीको जीवनस्तरमा परिर्वतन आउन सकेको छैन। मुलुककै ठूलो उपत्यका लिमिवासी अहिले पनि सदरमुकाम सिमीकोट आउन एक साता लगाएर पैदल यात्रा गर्न बाध्य छन्। हिमपातका कारण वर्षमा ४ महिना मुस्किलले सवारी सञ्चालन हुने सो खण्डका बासिन्दाले कहिले चढ्न पाउलान् सार्वजनिक यातायात?

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीमा १४ सय ३६ जनाको शव फेला, करिब १३ सयको माटोमुनि गाढियो
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा १४ सय ३६ जनाको शव फेला, करिब १३ सयको माटोमुनि गाढियो आइतबार, असोज ४, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना आइतबार, असोज ४, २०८३
छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध आइतबार, असोज ४, २०८३
खुर्कोटदेखि किमाथांकासम्म सडकमा समस्या, कतै समय तोकेर सवारी सञ्चालन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्