दाङ - दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए ।
उक्त स्थानमा मजदुर नभएको ठानेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।