• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बाथ रोग: महिलामा किन बढी हुन्छ?

डा श्वेता नकर्मी बुधबार, माघ १०, २०८०  ०९:४३
1140x725
प्रतिकात्मक तस्बिर

बाथ कुनै एउटा मात्रै रोग नभइ विभिन्न प्रकारका रोगहरुको संकलन हो। यसमा १०० भन्दा बढी प्रकारका बाथ समेटिन्छन्। अटोइम्युनिटीको कारणले गठियाँ, मेरुदण्डको बाथ, लुपस जस्ता बाथ रोगहरु हुने गर्छन्। अटोइम्युनिटी भन्नाले मानव शरीरमा रोग प्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुले जोर्नीलाई बिगार्छ। जसका कारण बाथ रोग देखा पर्छ। 

उमेर ढल्कँदै जाँदा हड्डी खिइने र त्यसका कारण ओस्टियो आरथाइटिस नामक बाथ रोग लाग्न सक्छ। घुँडाको कुरकुरे हड्डी खिइने बाथ, मेरुदण्डको हड्डी खिइने बाथ पनि उमेर ढल्कँदै जाँदा लाग्ने गर्छ। कतिपय बाथ रोगहरु खानपानसँग सम्बन्धित रहेका छन्। जस्तैः युरिक एसिडको बाथ रोग। कतिपय बाथरोग इन्फेक्सनपछि देखा पर्छन्। त्यसैले बाथ कुनै एक प्रकारको रोग मात्रै नभई विभिन्न प्रकारका रोगहरुको संकलन हो। 

बाथ रोग किन हुन्छ?
बाथ रोग विभिन्न प्रकारका हुने भएकोले पनि यसका कारणहरु पनि भिन्नाभिन्नै हुन्छन्। बाथ रोग लाग्ने विभिन्न कारणमध्ये मानव शरीरमा  प्रतिरोधी क्षमतामा गडबडी हुँदा लाग्ने बाथ रोग एक हो। शरीरमा विभिन्न प्रकारका इन्फेक्सनको कारणले रोग प्रतिरोधी क्षमतामा गडबडी आउने गर्छ। जीवाणुसँग लड्ने कोषिकाहरुले शरीरका विभिन्न अंगहरुमा असर गर्छ। जस्तैः गठिया, लुपस, मेरुदण्डको बाथ अटोइम्युनका कारण लाग्ने गर्छ। 

कुनैकुनै बाथ इन्फेक्सन पछाडि हुने गर्छ। जस्तैः पिसाबको इन्फेक्सन, आन्द्राको इन्फेक्सन, डेंगु जस्ता इन्फेक्सनपश्चात् पनि कतिपयलाई बाथ रोग लाग्न सक्छ। बाथ रोग हुने कतिपय कारण भने अझैसम्म पत्ता लाग्न सकेको छैन। 

बाथ रोग भएको बिरामीले कसरी थाहा पाउने?
बाथ रोग धेरै प्रकारका हुने भएकोले यसका लक्षण भिन्नाभिन्नै हुन्छन्। बाथको प्रकार अनुसार यसले विभिन्न अंगहरु समात्छ। बाथ रोगको साझा लक्षण जोर्नी दुखाइ हो। हात–गोडाका साना–तिना जोर्नीहरु दुख्ने, सुतेर उठ्दा मुठ्ठी कस्न ग्राहो भएजस्तो हुने, सुन्निने जस्ता समस्या बाथ रोगका प्रारम्भिक लक्षणमा पर्छन्। यदि छालामा बाथ रोग भएको अवस्थामा अनुहार तथा छालामा डाबर आउने, घामको एलर्जी हुने, मुख तथा गोडामा बारम्बार घाउ आउने जस्ता लक्षण देखिन्छन्। 

Dr_Sweta_nakarmi-1706064727.jpg
डा श्वेता नकर्मी 

आँखा रातो हुने तथा बारम्बार दुख्ने, सुख्खा हुने तथा आँसु नआउने समस्या हुने जस्ता लक्षण देखिएमा पनि बाथ रोग भएको शंका गर्न सकिन्छ। यदि बाथले भित्री अंगलाई आक्रमण गरेको अवस्थामा भिन्नै प्रकारको लक्षण देखा पर्न सक्छ। फोक्सोमा जाली परेको अवस्थामा स्वाँ–स्वाँ बढ्ने, खोकी लाग्ने, दम बढ्ने, मुटुमा पानी जमेमा मुटुको ढुकढुकी बढ्ने, रक्तचाप बढ्ने, मिर्गौलाबाट प्रोटिन जान थालेको अवस्थामा मिर्गाैलामा समस्या आउने, गोडाहरु सुन्निने हुन सक्छ। 

बाथका कारण आउन सक्ने अन्य शारीरिक जटिलता 
बाथ रोगलाई समयमा नै नियन्त्रण गर्न नसकिएको अवस्थामा देखिने साझा समस्या भनेको जोर्नी बांगिनु हो। मेरुदण्डको बाथमा विस्तारै मेरुदण्ड कुप्रिँदै जाने, हिप तथा घुँडाले काम नगर्ने, जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने, अझै जटिल हुँदै जाँदा खुट्टा नै काट्नुपर्ने अवस्था समेत आउने गर्छ। बाथ रोगका कारण मिर्गौलामा असर गरेको अवस्थामा मिर्गौला फेल हुन सक्छ। 

मुटु तथा फोक्सोमा बाथ रोगले असर गरेको अवस्था तथा समयमै उपचार हुन नसकेमा मुटु तथा फोक्सोको प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउन सक्छ। यदि मस्तिष्कमा आक्रमण गरेमा पक्षघातको सम्भावना हुन सक्छ। अझै बाथ रोगको उपचार हुन नसकेको अवस्थामा मान्छेको ज्यानै समेत जान सक्ने अवस्था हुन सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जाडो याममा बाथ रोग बढ्छ ?
जाडो याममा बाथ रोगका लक्षणहरु बढ्न सक्छन्। चिसो वातावरण तथा चिसो पानीका कारण जोर्नी तथा मांसपेसको दुखाइ बढ्दै जान्छ। 

बाथका बिरामीले कस्तो जीवनशैली अपनाउने?
बाथ रोग भन्ने बित्तिकै खानपानसँग सम्बन्धित रोग हो भन्ने आम धारणा छ। यद्यपि, युरिक एसिडको बाथ रोग मात्रै खानपानसँग सम्बन्धित छ। युरिक एसिडको बाथ रोग भएकाहरुले रक्सी, वाइन, रातो मासु, जनावरको भित्री अंग, चिनीजन्य पेय पदार्थ नखाएको राम्रो मानिन्छ। अन्य प्रकारका बाथ रोगीहरुले भने खानपान बार्नु पर्दैन। अन्य प्रकारका बाथ रोगीहरुलाई दूध तथा दूधजन्य पदार्थहरु, फलफूल, सागसब्जी, माछा, मासु, अन्डा जस्ता खानेकुराहरु सन्तुलन मिलाएर खानका लागि चिकित्सकहरुले सल्लाह दिने गर्छन्। 

बाथ महिलामा बढी देखिन्छ
समग्रमा हेर्दा बाथ रोग महिलामा बढी भएको पाइएको छ। जस्तैः गठिया, लुपस, ओस्टियो आरथाइटिस जस्ता बाथ रोग पुरुषको तुलनामा महिलामा ३ देखि ९ गुणा बढी हुने गरेको पाइएको छ। यद्यपि, युरिक एसिड, मेरुदण्डको बाथ रोगहरु भने पुरुषमा बढी देखिएको पाइन्छ। 

बाथ वंशाणुगत रोग होइन
यो आमाबाबुबाट छोराछोरीमा सर्ने रोग भने होइन। आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा बाथ रोग भएका व्यक्तिहरुलाई बाथ रोग लाग्ने सम्भावना भने बढ्छ। यदि गर्भवती अवस्थामा रहेका महिलामा लुपस बाथ रोग छ भने गर्भमा रहेको बच्चामा पनि यस प्रकारको बाथ रोग हुने सम्भावना भने हुन्छ। 

Xtrem

Xtrem

कसरी बच्ने ?
अटोइम्युनिटीका कारण हुने बाथ रोगबाट पूर्ण रुपमा बच्न नसके पनि नियन्त्रणमा ल्याउन भने सकिन्छ। बाथ रोगका लक्षण देखा पर्न थालेको करिब ३ देखि ६ महिना भित्र नै चिकित्सकको सल्लाह बमोजिम काम गर्न सकेको अवस्थामा बाथलाई पूर्ण रुपमा निको पनि बनाउन सकिन्छ। यसको समयमै सही रुपमा पहिचान गरी उपचार गर्न सकेको अवस्थामा मानिसको जीवन पहिलाको जस्तै सामान्य बन्न सक्छ। बाथ रोग हुनै नदिन भने सकिँदैन। 

बागमती प्रदेशमा २६.३ प्रतिशतमा बाथ रोगको समस्या 
बागमती प्रदेशमा गरिएको एक सर्वेक्षण अनुसार कुल जनसंख्यामध्ये करिब २६.३ प्रतिशत मानिसमा बाथ, हाडजोर्नी तथा मांसपेसीकोसमस्या रहेको तथ्यांक फेला परेको छ। त्यसमध्ये करिब १० प्रतिशतमा भने जटिल प्रकारको बाथ रोगको समस्या छ। नेपालमा पछिल्लो समय बाथ रोग पत्ता लगाउने प्रविधिहरु धेरै भित्रिएको पाइन्छ। रगत परीक्षण तथा बाथ रोगको परीक्षणका लागि भारतमा नै निर्भर रहनुपर्ने अवस्थामा पछिल्लो समय अन्त्य भएको छ। 

ल काठमाडौं, विराटनगर, पोखरा लगायत ठूला शहरमा बाथ रोगको उपचार तथा परीक्षण गर्ने सुविधा छ। बिरामीमा बाथ रोगको चेतना भने कम नै भएको पाइन्छ। शहरका बिरामी भने बाथ रोग देखिएको केही समयपछि नै उपचारमा आउने गरेको पाइएको छ। यद्यपि, दुर्गम क्षेत्रका मानिसहरु भने अझै पनि उपचारको दायरामा आइसकेको अवस्था छैन। 

अझै जोर्नी दुखाइको समस्यामा फार्मेसीबाट विभिन्न प्रकारका औषधि किनेर खाने जमात ठूलै छ। दुर्गमबाट उपचारमा लागि आइपुगेका धेरै जनाले विभिन्न प्रकारको आयुर्वेदिक औषधिको सेवन गरिरहेको बताउने गरेका छन्। तुलनात्मक रुपमा भन्ने हो भने काठमाडौंबासीहरुमा भने बाथ रोगबारेको चेतना बढी रहेको पाइन्छ। 

भारत रेफर गर्नुपर्ने अवस्था 
सरकारले बाथ रोगको पहिचान तथा निदानका लागि सर्वप्रथम जनचेतना फैलाउनु अत्यावश्यक देखिएको छ। नेपालमा बाथ रोग विशेषज्ञहरुको संख्या एकदमै न्यून छ। न्यून संख्यामा रहेका बाथ रोग विशेषज्ञहरु मुलुकको हरेक कुनामा पुग्न नसक्ने भएकोले सरकारी तवरबाट नै यस रोगको नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक रहेको छ। 

यसका लागि जिल्ला अस्पताल तथा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुलाई बाथ रोग सम्बन्धी तालिम दिएर उनीहरुको माध्यमबाट यस रोगबारेको चेतना गाउँगाउँमा पुर्‍याउनका लागि सरकारको भूमिका महत्वपूर्ण हुन्छ। 

अझै पनि बाथ रोगका कतिपय औषधि नेपालमा उपलब्ध नभएको अवस्था छ। कतिपय औषधिका लागि भारत लगायत अन्य मुलुकमा निर्भर हुनुपर्ने अवस्था अझै पनि छ। बाथ रोगको सबै औषधि नेपालमा नै उपलब्ध नहुँदा अझै पनि बिरामीलाई उपचारका लागि भारत रेफर गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थाबाट मुक्ति पाउनका लागि सरकारले बाथ रोगका सबै प्रकारका औषधि नेपालमा नै उपलब्ध हुने वातावरण बनाउन सकेको अवस्थामा उपचारमा खर्च हुने पैसा विदेशिनबाट रोक्न सकिन्थ्यो।

(डा नकर्मी बाथ रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्