काठमाडौं– सरकारले संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ।
मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको थियो।
यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।