काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्मा उजुरी परेको छ।
आफूलाई अभियान्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।
उनले उजुरीमा सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख गोरखा मिडिया नेटवर्कको बेहर खरिद बिक्रीको कागजसमेत भएको सार्वजनिक भएकाले छानबिन गरिदिन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।