काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै छ।
आफूहरुले मंगलबार बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले जन गुनासो समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए।
एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि कोशी प्रदेशको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै २ हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापनपत्र बुझाउन लागिएको ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।