काठमाडौं– बारा प्रहरीले गोली प्रहार गरी फरार रहेका सुटर समूहका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला दर्पा थाना ग्राम पञ्चायत तिनकोटी वडा नम्बर ३ का २२ वर्षीय रुपेशकुमार महतो रहेका छन्।
गत असोज ९ गते साँझ ६ बजेर १० मिनेटमा बाराको पचरौता नगरपालिका–६ नेपाल भारत सीमा नजिक लक्ष्मिनियास्थित पोखरी नजिकै भारतको मोतीहारीकै अजित कुमार सिंहलाई गोली प्रहार भएको थियो।
उक्त घटनामा फरार रहेका महतोलाई पक्राउ गरी जिल्ला अदालत बाराबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।