काठमाडौं– संखुवासभा प्रहरीले आत्महत्या दुरुत्साहत गरेको कसुरमा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय अशेष भन्ने असिम सुवेदी रहेका छन्।
प्रहरी वृत्त सिंहदरबारको समन्वयमा माघ ७ गते बिहान साढे ६ बजे काठमाडौंको बागबजारबाट पक्राउ गरिएको हो।
गत मंसिर २६ गते पीडितले आत्महत्या गरेपछि सुवेदी फरार रहेका थिए। संखुवासभा जिल्ला अदालतबाठ माघ ८ गते आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।