काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिनेमा आफू आशावादी रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले आफ्नो काम गरेको बताए।
‘हामीले सिफारिस गर्ने काम गरेका छौँ। यो सिफारिसलाई टुंग्याउने ठाउँबाट टुंग्याउन, अब छिट्टै टुंगिएला भन्ने कुरामा म विभिन्न कारणले आशावादी छु। यसमा अन्य कुराहरू केही पनि छैन’, उनले भने।
गत मंसिर अन्तिम साता संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको थियो। तर राष्ट्रपतिले उनलाई नियुक्त गरेका छैनन्।
महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत नहुँदै सभामुख र अध्यक्षले पाण्डेयको नाम सिफारिस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।