काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘एक चीन नीति’ मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन्।
३ दिने युगाण्डा भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले ताइवानको बारेमा नेपालको शुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको बताए। ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने प्रधानमन्त्रीले दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले भने– ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो। ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीतिभन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको सुरुदेखि नै रही आएको छ। त्योभन्दा बाहिर हामीले बनाएका छैनौँ। एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।