काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत आन्दोलन मूल समितिको सदस्य सचिवमा सचेतक ज्ञानेन्द्र शाही मनोनित भएका छन्।
बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बृहत आन्दोलन मूल समितिको सदस्य सचिवमा मनोनित गरेका हुन्।
आगामी फागुनदेखि आन्दोलन गर्ने तयारीमा गरिरहेको राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा बृहत आन्दोलन समिति गठन गरेको छ।
उक्त समितिको सदस्य सचिवमा पार्टी प्रवक्ता एवं प्रमुख सचेतक शाहीलाई मनोनित गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।