धनगढी– सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको रूष्टता सरकारप्रति बढ्दै गएपछि प्रदेश सभा बैठक भोलि बस्दैछ।
पुस अन्तिममा बसेको मन्त्रिपरिषद्को बैठकले भोलि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुख देवराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रदेश प्रमुखद्वारा २ गते जारी पत्रमा भोलि दिउँसो २ बजे बैठक बस्दै छ। प्रदेश सभामा कुनै ऐन दर्ता नभएको हुँदा प्रदेश प्रमुखले पठाएको पत्र पढ्ने र शुभकामना मन्तव्य व्यक्त गरिने छ।
प्रदेश सभालाई चलायमान बनाउन आज बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी व्यवस्थापनसम्बन्धी एन सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सचिवालयका अनुसार विस्तृत निर्णय आउन सकेको छैन।
चार विषयगत समितिमा गठबन्धन सन्तुष्ट रहेकोमा उधारो सहमति गरेको नेकपा माओवादीले विषयगत समितिको सभापतिबारे छलफलमा जाने वा नजानेबारे गठबन्धन सशंकित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।