काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८० जारी गरेका छन्।
सरकारले सिफारिस गरेको उक्त अध्यादेश बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ अनुसार जारी गरेका हुन्।
सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।