काठमाडौं- कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा बुधबार सम्पत्ति विवरण अपलोड गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ। त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ। सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ।
विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक तथा एभरेष्ट बैंकमा गरी ७ लाख ९४ हजार ७४२ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको ०-१-१२ १/२ क्षेत्रफलको जग्गामा घर रहेको उल्लेख छ। त्यसको स्रोतको रुपमा पैतृक सम्पत्ति बेचबिखन तथा जागिर भनिएको छ।
बस्नेत सहित परिवारका सदस्यका नाममा विभिन्न ५२ वटा संस्थामा सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।