काठमाडौं- राष्ट्रिय सभाका मतदाताको पहिचान गर्न निर्वाचन आयोगले चारथरी कागजातको सहयोग लिनेछ। तीमध्ये कुनै एक परिचयपत्रको आधारमा मतदाताको पहिचान गरी मतदान गर्ने गराउने व्यवस्था मिलाउन आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
आयोगले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरु प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता पहिचान गरी मतदान गर्न दिन भनेको हो।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।