काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ। माघ ११ मा हुने निर्वाचनका सन्दर्भमा आयोगले बुधबार मतपत्र सार्वजनिक गरेको हो।
सात वटै प्रदेशमा गरी १९ स्थानका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सम्बन्धित प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष र प्रदेश सभा सदस्यले मत दिनेछन्।
आयोगले सार्वजनिक गरेको मतपत्रको नमुना अनुसार, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मत दिने मतपत्रको रङ रातो छ। त्यस्तै प्रदेश सभा सदस्यले मत दिने मतपत्रको रङ हरियो छ।
हेर्नुहोस्- प्रदेशपिच्छे मतपत्रका नमुनाहरू-
https://election.gov.np/np/page/rashhataraya-sabha-sathasaya-naravacana-ka-vasatavaka-matapataraka-namana-1
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।