काठमाडौं– मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ। बुधबार मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो।
जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले ‘साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाएर विरोध गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।